१ मंसिर २०७८, बुधबार
  • जनक शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्नि पीडितलाई राहत प्याकेजसहित मुगु सदरमुकाम गमगढी पुगेका छन् ।

अग्नि पीडितका लागि त्रिपाल, कम्बल र खाद्यन्न सामग्रीहरु लिएर मुख्यमन्त्री शाहीको टाेली आज मुगु सदरमुकाम गमगढी पुगेको हो ।

मुख्यमन्त्री शाहीको नेतृत्वमा नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्य र सांसद झोवा विकको टोली अग्नि पीडितलाई राहत सामाग्री लिएर मुगु पुगेका छन् ।

मुख्यमन्त्री शाहीले गमगढी पुगेर पीडितहरूको क्षतिको अवस्था बुझ्ने र तत्काल लागि लिइएको राहत सामग्री हस्तारण गर्ने कार्यतालिका छ ।

मुख्यमन्त्री शाहीले तत्काल आवश्यक पर्न सामग्री सहयोग गर्ने र स्थलगत निरीक्षणपछि अग्नि पीडितका लागि थप सहयोग प्रदान गरिने बताएका छन् ।

मंगलबार विहान मुगु सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुँदा १७ घर र तीन घुम्टी पसल जलेका थिएऽ भने आगो नियन्त्रणका लागि एक घर भत्काईएकाले आग्लागिबाट २१ घर नष्ट भएका छन् ।

राहत सामाग्री लिएर मंगलबार नै मुख्यमन्त्रीको मुगु जाने कार्य तालिका भएपनि नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट खाद्यान्न, लत्ताकपडा, भाँडा, टेन्टलगायतका तत्कालीन राहत सामग्री लिएर दिउसो ३ः३० बजे मात्र सुर्खेत पुगेकाले मुगु पूगेर फिर्ता हुन नसकिने हुँदा मुगु जाने कार्यक्रम आजलाई सरेको मुख्यमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको आगलागीबाट घरबारबिहीन भएकालाई तत्कालका लागि छिमेकीका घर र आफन्तकोमा राखिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोम महतले बताएका छन् ।

आगलागीबाट आग्लागिबाट २१ घर सहित करोडौंको क्षति भएको भए पनि मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV