१ मंसिर २०७८, बुधबार

काठमाडमौं । नेपाल बार एसोसिएनले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराले तीन दिनभित्र राजीनामा नदिए दशैभर का उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी दिएको छ ।

बुधबार बारको कार्यालय परिसरमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशलाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएका हुन् । मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने अध्यक्ष श्रेष्ठले चेतावनी दिए ।

प्रधानन्यायाधीश जबाराको राजीनामा न्यायालय सुदृढिकरणका लागि भएको बताए । प्रधानन्यायाधीश जबराको कामले न्यायालयको शिर निहरिएको पनि उनले बताए । उनले भने, ‘न्याय किनबेच हुनुहुँदैन भनेर हामी आन्दोलनमा छौं । न्यायालयको शिर निहुरिइरहेको छ । वार्ताको नाममा आँखामा धुलो हाल्नका लागि विज्ञप्ति निकालेको छ ।’

प्रधानन्यायाधीश जबरासँग व्यक्तिगत नभएर न्यायालयमा विकृति ल्याएकाले आन्दोलनित हुनुपरेको बताए । जबराले सेवाग्राहीलाई सेवा पाउनबाट वञ्चित गरेको उनले आरोप लगाए ।

प्रधानन्यायाधीश जबराविरुद्धको तेस्रो चरणको आन्दोलन पनि सुरु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV