१ मंसिर २०७८, बुधबार

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज बिश्वासको मत लिदै हुनुहुन्छ । उहाँले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन लाग्नु भएको हो ।

मंगलबार नै बिश्वासको मत लिने तयारी भएपनि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक स्थगित गर्नुभएपछि छलफल अघि बढ्न सकेको थिएन ।

सभामुख भण्डारीले विप्लव बन्दका कारण बैठक स्थगित भएको जनाएपछि मुख्यमन्त्री राई असन्तुष्टसमेत बन्नुभएको थियो । तर आज बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत सम्बन्धी प्रस्ताव राख्नुहुनेछ । र, प्रकृया अघि बढ्ने बताइएको छ । मुख्यमन्त्री राई पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्नुभएको थियो ।

उहाँले मुख्यमन्त्रीमा नियुक्त हुनुभएको दुई सातापछि विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेश १ मा जम्मा ९३ सांसद रहेका छन् । जसमा पाँचदलिय गठबन्धनमा ५० सांसद रहेका छन् । उता एमालेको ४१ सांसद रहेका छन् ।

LIVE TV