
- ललन मण्डल
महात्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाका नगर प्रमुख अशोक कुमार मण्डलले पार्टीका नेता एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने कार्यक्रम रहेकोले सो को खुसीयालीमा सार्वजनिक बिदा दिएका छन् ।
लामो समय पछि विद्यालयहरु संचालन भएको वेलामा यसरी विदा दिइएकोप्रति रामगोपालपुुर नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष जितेन्द्र चौधरीले भने यो सरासर गलत भएको बताए ।
उनले भने ‘सत्तामा हुुदैमा शक्तिको दुरुपयोग गरिनु सरासरी नियम विपरित हुन्छ ।’ यदी कार्यक्रम राख्नै थियो भने विदाको दिन राख्दा राम्रो हुुने अध्यक्ष चौधरीले सुझाव दिए ।
नगरप्रमुख अशोक कुमार मण्डलले सूचना निकालेर प्रचण्ड आउने कार्यक्रमका लागि बुधबार नगरपालिकामा सार्वजनिक बिदा दिएको उनले जानकारी दिएका छन् ।
रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटनका लागि प्रचण्ड रामगोपालपुर नगरपालिका आउँदैछन् । आधारभूत स्वास्थ्य केन्द्रहरू तथा वडा नम्बर २,३,४,६,७,८ र ९ मा निर्माण गरिएको विचिन्न सामुदायिक भवनहरुको प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नगरप्रमुख अशोक कुमार मण्डलले पार्टीका नेता तथा कार्यकर्ता आउने भएकाले वर्षौदेखिको फोहोर रातारात सरसफाइ समेत गराएका छन् ।
वर्षौ पहिला नै स्मारकको बजेट निकासा भइसकेको तर काम हुन बाँकि रहेकोले प्रचण्ड पुगने कार्यक्रम रहेकोले रंग रोगन समेत गराउन लागेका छन् ।
प्रथमिक स्वास्थ्य चौकिको भवन देखाउनको लागि मात्रै रातारात रंगरोगन गराउन दर्जनौ मानिसहरु समेत खटाएका छन् ।
एक हप्ता पहिलादेखि विभिन्न स्थानिय स्तरमा प्रचार प्रसार गराएर सो कार्यक्रामा उपस्थित हुन सर्वसाधारणमा अनुरोध समेत गरिरहेका छन् ।
नगरप्रमुख अशोक कुमार मण्डलले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकै कारण सार्वजनिक विदा दिएको तर सार्वजनिक विदा दिनु ठिक नरहेको आम सर्वसाधारणको बुझाई छ ।
पार्टीकै कार्यक्रमका लागी बिदा दिँदै जाने हो भने भोलिका दिनमा यस्ता अनैतिक कार्यले समाजमा नकारात्मक प्रभाव पार्ने समेत स्थानियको भनाइ छ ।
मेयर मण्डलले शक्तिको दुरुपयोग गर्दै सार्वजनिक विदा दिएकोप्रति जनताहरु आक्रोसित समेत बनेका छन् ।