३० कार्तिक २०७८, मंगलवार
  • दान बहादुर बुढा,

मुगु । मुगुको सदरमुकाम गमगढी बजारका आगलागी पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटीले राहत सहयोग गरेको छ । गएराति १२ बजे सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा २१ घर–परिवारका ५१ जना विचल्ली भएका छन् ।

रेडक्रस सोसाइटीको मुगु शाखाले आगलागी पीडितहरुलाई तत्कालका लागि लत्ताकपडा, भाँडाकुँडा, त्रिपाल तथा खाद्यान्नलगायत सामग्री सहयोग गरेको हो ।

शाखा मुगुका सभापति जय बहादुर मल्लले आज बिहानबाट नै आगलागी पीडितरुलाई खान र बस्न समेत गाह्रो भइरहेको बताए । सबैभन्दा बढी गर्भवती महिला, बालबालिका र बृद्ध–बृद्धालाई समस्य भएको बताए ।

उक्त आगलागीको क्षती विवरण हालसम्म पनि संकलन भइसकेको छैन । अहिले ऐकिन डाटा संकलन भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV