३० कार्तिक २०७८, मंगलवार

एजेन्सी । कोरोना महामारी फैलिएपछि नेपाल–भारतबीच दैनिक एक÷एक उडान हुँदै आएकोमा अब उडान चार गुणाले बढाइने तयारी गरिएको छ ।

बीबीसीका अनुसार नेपाल–भारतबीचको उडानलाई चारगुनाले बढाउन सकिनेगरी भारत सरकारले पत्राचार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका अधिकारीले बताएका छन् ।

‘एयर बबल’ व्यवस्थाअन्तर्गत अहिले दुई देशका नागरिकहरू र अन्य देशका यात्रुको हकमा कूटनीतिज्ञहरू मात्र सहभागी हुँदै आएका छन् । ्

बीबीसीका अनुसार गत साता नेपाल र भारतका उड्डयनमन्त्रीबीच दिल्लीमा भएको भेटघाटमा भारतीय पक्षले एयर बबल छिट्टै हटाइदिने बताएको थियो।

यस्तै, साप्ताहिक दुवैतर्फबाट ५६ वटा उडान हुने भएकाले व्यावहारिक रूपमा एयर बबल हटे जस्तै हुनेछ। अहिलेसम्म दुवै देशबाट एक–एक गरी एक सातामा कुल १४ वटा भइरहेका थिए।

गत शुक्रवार दिल्लीमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले भारतीय नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य एम सिन्धियासँग एअर बबलको विषयसहित नेपाली उड्डयन क्षेत्रसँग सम्बन्धित तीनवटा कुरा उठाएको बताइएको छ।

मन्त्री आलेका अनुसार एयर बबल हटाउने विषयमा सघाउने आश्वासन सिन्धियाले दिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV