३० कार्तिक २०७८, मंगलवार

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रीमा नवनियुक्त भएका नेकपा (एकीकृत समाजवादी) का नेता चन्द्रबहादुर शाहीले सपथ ग्रहण गरेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएको भनिएपनि मंगलबार साँझ शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका हुन् ।

उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको भनेर दाबी गरे पनि सपथ ग्रहण भने कृषि मन्त्रालयको भएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री बनेको झण्डै दुई सातापछि कर्णालीमा एक मन्त्री नियुक्त गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV