
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता चन्द्रबहादुर शाही कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन् ।
मंगलबार प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रीमा नियुक्त गरी शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन् ।
मुख्यमन्त्रीको सपथ ग्रहणपछि मन्त्रिपरिषद् विस्तार नगरेका शाहीले झण्डै दुई सातापछि एउटा मन्त्रालयमा मन्त्री नियुक्त गरेका छन् ।