३० कार्तिक २०७८, मंगलवार

जनकपुरधाम । राजीनामा दिन नमान्दा बर्खास्तीमा परेका प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलेले नयाँ कुराको खुलासा गरेका छन् ।

मंगलबार बर्खास्तीमा परेका मन्त्री यादवले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दा आफू बर्खास्तीमा परेको बताएका छन् ।

केही समयअघि ‘बेटी पढाऔं, बेटी बचाऔँ’ अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो ।

उक्त घटनालाई स्मरण गर्दै मन्त्री यादवले मुख्यमन्त्री राउतलाई राजीनामा दिन भनेको पनि बताए । उक्त प्रकरण बाहिरिएपछि नयाँ मुख्यमन्त्रीलाई स्थान दिनुपर्ने कुरा पनि उठाएको उनले बताए ।

तर, यी प्रकरणविरुद्ध उभिदा आफ्नो राजीनामा मागिएको र राजीनामा नदिँदा बर्खास्तीमा परेको उनले बताएका छन् ।

LIVE TV