३० कार्तिक २०७८, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले न्यायालयको सुधारका लागि आफूहरु एकै ठाँउमा रहेको बताएका छन् ।

मंगलबार नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिससँगको छलफलमा सहभागी न्यायाधीशहरुले सर्वोच्च अदालतका न्यायाधीश विभाजित नभएको भन्दै सबै एकै खेमातर्फ रहेको दाबी गरेका हुन् ।

छलफलका क्रममा उनीहरुले आफुहरु सबै एकैठाँउ रहेको र इजलाश भएका कारण केही न्यायाधीश आउन नसकेको भन्दै बारले अन्तिम निर्णय गरे एकैठाँउ रहने बताएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

मंगलबार चार जना न्यायाधीश नियमित इजलासमा फर्केका थिए । त्यस्तै छलफलमा न्यायाधीशहरुले नागरिक सेवाबाट बञ्चित हुनुपरेकोमा चिन्तित भएको भन्दै न्यायलयको सुधारका लागि आफूहरुले पनि पहल गर्ने बताएको उपाध्यक्ष बस्यालले बताइन् ।

आपूुहरुले प्रधानन्यायाधीशको राजीनामा नै बटमलाइन भएको स्पष्ट पारेको उनको भनाइ छ । छलफलमा बारका उपलव्ध पदाधिकारी, सर्वोच्च बारका अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै न्यायधिशहरुको सहभागी रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV