३० कार्तिक २०७८, मंगलवार

काठमाडौं । एसआईयूके नेपालले यूके युनिभर्सिटी फेयर–२०२१ आयोजना गर्ने भएको छ । एसआईयूके नेपालले मंसिर ५ गते पुतलीसडकस्थित कार्यालयमा ‘यूके युनिभर्सिटी फेयर’ आयोजना गर्ने भएको हो ।

एसआईयूकेले बेलायत पढ्न जान चाहने विद्यार्थीहरुका लागि गुणस्तरीय शैक्षित परामर्श सेवा प्रदान गर्ने उद्देश्यले २०१८ देखि नेपालमा सेवा सुरु गरेको हो । यसले नेपालबाट मात्र नभई विभिन्न ३६ वटा देशमार्फत् ७६ ग्लोबल अफिसमार्फत् हरेक वर्ष ४० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई यूके र आयरल्याण्डमा उच्च शिक्षाका लागि परामर्श प्रदान गर्दै आएको छ ।

सोही क्रममा सबै देशका शाखाबाट एकैनासको गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको एसआईयूकेले पोष्ट पेन्डामिक, नविनतम् परिवर्तित भिजा नियम र बेलायती शिक्षण पद्धतिका बारेमा सत्य तथ्य जानकारी गराउन उक्त शैक्षिक मेलाको आयोजना गरिएको एसआईयूके नेपालका निर्देशक विनय अधिकारीले जानकारी गराए ।

उक्त शैक्षिक मेलामा यूकेका प्रसिद्ध विश्व विद्यालयका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई यूकेमा अध्ययन अवसर र चुनौतीका बारेमा जानकारी गराउने भएका छन् । त्यस्तै सोही शैक्षिक मेलामार्फत् युनिभर्सिटी अफ एबर्डिन, अन क्याम्पस क्याब्रिज एजुकेशन ग्रुप, वात्स् पा युनिभर्सिटी, स्वासी युनिभर्सिटी, होम्स इन्स्टिट्युड, क्वीन माग्र्रेट युनिभर्सिटी, स्टडी ग्रुप, युनिभर्सिटी अफ द क्रियटिभ आर्ट्सलगायतले विशेष छात्रवृत्तिको समेत घोषणा गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV