३० कार्तिक २०७८, मंगलवार

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको आंशिक प्रभाव परेका छ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात र शैक्षिक क्षेत्रमा प्रभाव परेपनि बजार र निजी सवारीमा भने असर देखिएको छैन ।

उपत्यकामा सार्वजनिक सवारी साधनहरू न्यून मात्रामा सञ्चालनमा आएका कारण सर्वसाधारणहरु भने मर्कामा परेका छन् । उपत्यकाका चोक–चोकमा सुरक्षाकर्मीहरूको बाक्लो तैनाथी रहेपछि प्रदर्शनकारीले विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

सो क्रममा केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्यबृद्धि गरेको थियो । त्यस लगतै नेकपाले आन्दोलनका कार्यक्रमको घोषणा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV