३० कार्तिक २०७८, मंगलवार
  • ज्याेतिकुमार पन्थी

दाङ । नेपाल परिवार नियाेजन संघकाे ४१औँ केन्द्रीय सभा मंगलबारदेखि दाङकाे घाेराहीमा शुरू भएकाे छ । दुई दिनसम्म सञ्चालन हुने उक्त सभामा भाग लिन नेपाल परिवार नियाेजन संघका करिव २८ शाखाका केन्द्रीय प्रतिनिधि साेमबार नै  घाेराही पुगेका छन् ।

मंगलबार र बुधबार गरी दुई दिनसम्म सञ्चालन हुने उक्त केन्द्रीय सभाले आगामी तीन वर्षका लागि केन्द्रीय समिति चयन गर्ने कार्यक्रम रहेकाे छ । दाङकाे घाेराहीमा शुरू भएकाे उक्त कार्यक्रमलाई सम्बाेधन गर्न सांसद अनिता देवकाेटा, लुम्बिनी प्रदेशका सिचाइँमन्त्री अर्जुनकुमार श्रेष्ठसमेत दाङ पुग्नुभएकाे छ ।

यसअघि देशभरका करिव २८ वटा शाखा र केन्द्रीय समितिसहित करिव ४२ जनाले सभामा भाग लिने कार्यक्रम तय भएकाे छ भने सकेसम्म संघलाई सर्वसम्मतिबाटै समिति चयन गर्ने, नभए निर्वाचन मार्फत नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाे संघका केन्द्रीय अध्यक्ष हिमाल कसजुले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV