३० कार्तिक २०७८, मंगलवार
  • भगतराम थारू

नेपालगन्ज : भाेलि बुधबार (मंसिर १) गते बाँकेमा ३ हजार बढी मानिस नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको नेकपा एमाले, बाँकेले जनाएको छ । लामो प्रयासपछि विभिन्न पार्टीका नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको हो ।

‘बाँकेमा ३ हजार बढी विभिन्न पार्टीमा रहेका नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने छन्,’ साेमबार पत्रकार सम्मेलनमा नेकपा एमाले बाँकेका उपाध्यक्ष किस्मत कुमार कक्षपतिले भने । स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रा, अब्दुल करिम खाँ र गिरिजा पाठकको नेतृत्वमा यही मंसिर १ गते ३ हजार बढी मधेशी तथा मुस्लिम समुदायका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्न लागेको नेकपा एमाले बाँकेका उपाध्यक्ष कक्षपतिले जानकारी दिनुभयो ।

कक्षपतिका अनुसार पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम तय भएको जानकारी गराउनुभयो । देशभर पार्टी प्रबेशको लहर चलेको छ उहाँले भन्नुभयो । अबको स्थानीय चुनावमा एमाले विनागुटको एक नम्बर पार्टी हुने उहाँले दावी गर्नुभयो ।

बाँकेका आठ वटै स्थानीय तह, प्रदेश र केन्द्रीय निर्वाचन क्षेत्र जित्ने लक्ष्यका साथ एमालेले योजना बनाएको बताउँदै उपाध्यक्ष कक्षपतिले पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा उपयुक्त जिम्मेवारी दिइने जानकारी गराए । मधेशका समस्या समाधान गर्ने पार्टी एमाले नै भएकोले ६० प्रतिशत बढि २ नं क्षेत्रका कार्यकर्ता सहित जिल्ला भरीका विभिन्न पार्टीमा रहेका मधेशी मुस्लिम समुदायका नेता कार्यकर्ता एमाले प्रवेश गर्न लागेको स्वतन्त्र समूहका नेता एवं जिल्ला विकास समिति बाँकेका पूर्व सभापति मिश्राले जानकारी दिनुभयो ।

उहाँले एमालेलाई मजवुद पार्टी र सबै समुदायको पार्टी बनाउने गरी आफू प्रवेश गर्न थालेको उल्लेख गर्नुभयो । एमालेको दशौं महाधिवेशन चितवनमा हुन लागेको समेत उहाँले जानकारी गराउनुभयो । चितवनमा हुन लागेको महाधिवेशनमा बाँकेबाट ५ हजार बढि नेता कार्यकर्ताको सहभागिता महाधिवेशमा रहने तयारी समेत भएको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV