३० कार्तिक २०७८, मंगलवार
  • राजन परियार

सिन्धुली । सिन्धुलीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी गोपाल ब्लोन सहित २६ जना नेता–कार्यकर्ता पक्राउ परेको छन् । उनीहरुलाई मंगलबार बिहान सिन्धुलीमाढीबाट प्रहरीले पक्राउ गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बन्द गराउन खटिएका जिल्ला सेक्रेटरी ब्लोन, नेता शशी राईलगायत २६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरीले कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV