३० कार्तिक २०७८, मंगलवार

चितवन । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण चितवनकाे जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण बिहानैदेखि चितवनमा ब्यवसायीले व्यवसाय सञ्चालन गरेका छैनन् भने यातायात पनि प्रायः ठप्प छन् । जसका कारण यात्रुले सास्ती पाएका छन् । विशेषगरी लामो दूरीबाट यात्रा गरेर चितवन आएका यात्रुले बिहानैदेखि सास्ती खेप्नुपरेकाे छ । बन्दका बाबजुद पनि केही प्राइभेट गाडी र माेटरसाइकल भने चलेका छन् ।

बन्दमा अपृय घटना नहाेस भनेर चितवन प्रशासनले मुख्य ठाउँहरुमा प्रहरी परिचालन गरेकाे छ । यसँगै करिब १ दर्जन बन्दकर्तालाइ प्रहरीले नियन्यणमा लिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV