
- सुमन कार्की
पाल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दको प्रभाव पाल्पामा पनि परेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता मादै आज (मंगलबार) विप्लवले नेपाल बन्दको अह्वान गरेको छ ।
विप्लवको समूहको बन्दको कारण मंगलबार बिहानैदेखि पाल्पामा लामो तथा छोटो दूरीका गाडीहरू चलेका छैनन् । अत्यावश्यकका सवारी साधानहरु भने निर्वाध रुपमा संचलन भएको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नेपाल बन्दको प्रभाव विधालय, पसल, सार्वजनिक यातायातमा देखिएको छ । पाल्पाका चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीको उपस्थिति रहेका छ ।
भौतिक आक्रमण, तोडफोड वा आगजनीका घटना नहुन् भनेर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बन्दमा अत्यावश्यक ढुवानीका साधनहरु बाहेक सबै बन्द रहने तथा बन्द बिहान ६ बजेदेखी साँझ ५ बजेसम्म हुने सो पार्टीले जनाएको छ ।
बन्द सफल बनाउन सो पार्टीका कार्यकर्ताले सोमबार साँझ तानसेनमा मसाल जुलुस समेत निकालेका थिए ।