३० कार्तिक २०७८, मंगलवार
  • दानबहादुर बुढा

मुगु । गएराति १२ बजे मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १ तल्लो बजारमा रहेका २१ घर जलेर नष्ट भएको छ । यस दुःखद घटनाकाे क्षतिकाे विवरण तत्काल संकलन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय जिल्ला प्रशासनलाई एक विज्ञप्ति मार्फत निर्देशन दिएका छन् ।

विज्ञप्तिमा आगलागी नियन्त्रणमा सहभागी स्थानीय प्रशासन, नागरिक प्रहरी ,नेपाली सेना ,रेडक्रस सबै धन्यवाद दिएका छन । भने अग्नि पिडितलाई सान्तनाको कामना गरेका छन ।

तत्काल स्थानीय प्रशासनको घटनाको विवरण पेश गर्नेबित्तिकै प्रदेश सरकारबाट राहत उपलब्ध गराउने उनको भनाइ छ । आगामी दिनमा यस्ता घटना दोहारिन नदिन पनि जिल्ला प्रशासनलाई सजग रहन मुख्यमन्त्रील निर्देशन दिएका छन् ।

गएराति एक्कासि एक घस बाट निस्केको घर बाट आगलागि हुदा २१ घर जलेका छन भने करोडौँको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण संकलनको लागि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत सरोकारवाला निकायहरू लागिपरेका छन् । तत्काल राहतको व्यवस्था मिलाउनको लागि कर्णाली प्रदेश सरकार, संघ सरकार र सरोकारवाला निकाय सबैलाई अनुरोध र जानकारी गरिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV