३० कार्तिक २०७८, मंगलवार
  • सुीशील ढुंगाना

कैलाली । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आशिंक प्रभाव देखिएको छ । धनगढीसहितका विभिन्न ठाउँमा आज विहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका छन् ।

नीजि सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु सडकमा निर्वाध गुडिरहेका छन् । तर सार्वजनिक सवारी भने आशिंक रुपमा चलिरहेको जिल्ला प्रहरी जनाएको ।

बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्ला छन् । त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द गरिएको जनाइएको छ ।

सुदूरपश्चिममा मेला जात्राको समय भएकाले मेला जात्रामा आवागमन गर्दा भने रोक नलगाउने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV