३० कार्तिक २०७८, मंगलवार

खोटाङ । नेपाली कांग्रेसका नेता रबिप्रकाश राईले कांग्रेस खोटाङको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

जिल्ला अधिबेसन मिति नजिकिँदै गर्दा कांग्रेस महासमिति सदस्य राईले सोमबार जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

‘अग्रजको सम्मान, युवाहरुको विश्वास, खोटाङ सभापतिमा रविप्रकाश !’ भन्ने नारा लिएर राई सभापतिको चुनावी दौडमा अघि सरेका हुन् ।

अन्य पदाधिकारीको केही दिनपछि टुंगो लगाइने सभापतिका उम्मेद्वार राईले बताए । उनी केन्द्रमा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV