३० कार्तिक २०७८, मंगलवार

एजेन्सी । इंग्ल्यान्ड अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट भएको छ । गएराति भएको खेलमा सानमारिनोलाई १०-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको लागि छनोट भएको हो ।

इंग्ल्यान्डलाई सानदार जित दिलाउनको लागि कप्तान ह्यारी केनले चार गोल गरे । उनले खेलको २७औँ, ३१औँ, ३९औँ ४२औँ मिनेटमा गोल गरेका थिए । दुई गोल भने केनले पेनाल्टीमार्फत गरेका थिए ।

इंग्ल्यान्डका लागि ह्यारी मगाएर, इमिल स्मिथ रोवी, टेरोन मिङ्स, ट्याम्मी अब्राहम र बुकायो साकाले समान एक–एक गोल गरेका थिए । एक गोल भने उपहार पाएको थियो । पहिलोहाफमा ६ तथा दोस्रो हाफमा ४ गोल भएको थियो ।

यो सानदार जितसँगै इंग्ल्यान्डले समूह ‘आई’ मा १० खेलबाट २६ अंक जोड्यो । सानमारिनो अंकविहीन हुदै पुछारमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV