२९ कार्तिक २०७८, सोमबार

काठमाडौं । साहित्यकार एंव गीतकार डा। रेणुका सोलुको ‘किन लाग्यो इन्द्रेणी’ गीतको भिडियो रिलिज भएको छ ।

शनिबार काठमाडौंको बबरमहलिस्थत मेगा कलेजको सभा हलमा एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र साहित्यकार अशेष मल्लको हातबाट उक्त गीतको भिडियो रिलिज भएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदैँ अशेष मल्लले रक्षा थापा बस्नेतको अभिनय क्षमताको खुलेर प्रशंसा गरे । उनले रक्षा भविष्यमा यो देशको अत्यन्तै आशलाग्दो कलाकार हुने विश्वास व्यक्त गरे ।

डा. रेणुका सोलुको शब्द रहेको गीतमा आर.सि. थापाको सङ्गीत र स्वरुपराज आचार्यको स्वर रहेको छ । गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियो रिलिज कार्यक्रममा दोलखा जापान सेवा समाजका निवर्तमान अध्यक्ष नवराज थापा,डेमोक्रेटिक सोसाइटी कीर्तिपुरका अध्यक्ष बलबहादुर थापा,अन्तराष्ट्रिय नेपाली कलाकार समाजका कोषाध्यक्ष कुलराज थापा,समाजसेवी अनन्ता थापा,सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव केशवदेव गिरी, गायक तिलक बस्नेत, कलाकार प्रकाश बस्नेत,सञ्चारकर्मी शिखर गजारकोटे,धनवल राई, रक्षा थापा बस्नेत, अंकित खड्का, अनुप न्यौपाने, उमेश पोखरेल, चे शंकर,पुरन ओली,मिलन कार्की, अविषेक चित्रकार, आयुष कार्की, लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV