२९ कार्तिक २०७८, सोमबार

काठमाडौं । बरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व उपाध्यक्ष डा. सुरेन्द्र महतोले प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा आफूहरु सहभागी नहुने स्पष्ट पारेका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आफूहरुलाई सम्बोधन गरेर नबोलाएको र मिडिया खपतका लागि बोलेको भन्दै वार्तामा सहभागी नहनुे उनले बताउ ।

उनले भने, ‘परिवारका व्यक्तिलाई बोलाउनको लागि प्रेस वक्तव्य जारी गर्नुपर्छ ? हामीत एउटै घरमा बस्छौं । उहाँले हामीलाई सम्बोधन गरेर बोालउनुभएको छैन । यो मिडिया खपतको लागि वक्तव्य आएको हो । वार्ता हुने सम्भावना छैन । मार्गप्रशस्त गर्न तयार छु भनेर उहाँले पत्राचार गरेको भए हुन्थ्यो, तर नेपाल बारलाई उहाँले कुनै सम्बोधन गर्नुभएको छैन । बारले यो वार्तामा नबस्ने भनिसकेको छ ।’

उनले बारको आन्दोलनका कारण सेवाग्राही पीडित हुनु स्वभाविक भएको सुनाए । तर, आफुहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न भनेको पनि सुनाए । उनले भने, ‘१९ जना न्यायाधीशलाई त हामीले नै अनुरोध गरेका छौं कि बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दा हेर्नुपर्छ भनेर । र, उहाँहरुलाई हामीले प्रधानन्यायाधीश जबराको नेतृत्व अवज्ञा गर्नुहोस भनेका छौं । अहिले सेवाग्राहीको हितमा यो आन्दोलन छ । यो आन्दोलन भनेको साझा हो ।’

नेपालको न्यायापालिकामा अहिले असहज परिस्थिति आएको महतोको भनाई थियो । र, यस विषयमा छलफल भइरहेको पनि उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV