२९ कार्तिक २०७८, सोमबार

एजेन्सी । अमेरिकाको नेब्रास्काको चिडियाखानामा हिउँ चितुवाहरु कोरोना भाइरसको कारण मृत्यु भएको छ। उक्त चिडियाखानामा रहेका तीन वटा हिउँ चितुवाहरुको मृत्यु भएको जनाइएको छ ।

द लिंकन चिल्ड्रेन्स जूमा रहेका उक्त हिँउ चितुवाको कारण जू आकर्षणको केन्द्र विन्दु रहेको जनाइएको छ।

उक्त तीन चितुवाको नाम एभरेस्ट, मकालु र रान्नी रहेको द न्यूयोर्क टाइम्स्मा उल्लेख छ ।

तिनीहरुलाई एक महिनाअघि कोरोना संक्रमण देखिएको थियो। गत शुक्रबार चिडियाखानाले तीनै चितुवाको मृत्यु भएको जानकारी दिएको छ।

उक्त चिडियाखानामा भएका अरू दुई बाघमा पनि कोरोना देखिएको थियो। तिनीहरू भने अहिले निको भइसकेका जनाइएको छ।

गत महिना लिंकन चिडिखानाका केही जनावरमा कोरोनाका लक्षण देखिएको थियो । तिनीहरूको परीक्षण गर्दा त्यसमध्ये अधिकांशलाई कोरोना देखिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV