२९ कार्तिक २०७८, सोमबार

काठमाडौं । नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र प्रसाद पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेको वार्ताको आह्वानको स्वागत गर्दै नेपाल बार अब वार्तामा बस्नुको विकल्प नभएको स्पष्ट पारेका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीशबाट वार्ताको लागि भएको पहलको स्वागत गर्दै वार्तामा जानुपर्ने बताए ।

‘प्रधानन्यायाधीश जबराबाट वार्ताको लागि पहल भएको छ । तर, यो विषयमा हाम्रो कार्यसमिमा छलफल भएको छेन् । अध्यक्षले वार्तामा जाँदैनौं भन्नुभएको छ । म त्यो मान्यता राख्दिन । अब हामी वार्तामा जानुपर्छ । हामीले हाम्रो बचेखुचेको लाज जोगाउनुपर्छ । वार्तामा जानुपर्छ, यसको विकल्प छैन,’ उनले भने,‘ प्रधान्यायाधीशले विधि र प्रक्रियाभन्दा बाहिर जान्न भन्नुभएको छ । अब न्यायाधीशहरुले पनि जित्ने अवस्था छैन । वार्ताको लागि पहल भएको छ, यसलाई बारले गम्भीरतापूर्वक लिनुपर्छ । वार्तामा बस्नुपर्छ । वार्ता तथा सम्वादमार्फत् नै निकास हुने अवस्था छ । वार्तामार्फत समस्याको समाधान गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

पोखरेलले बारले आफ्नो पूर्व घोषित कार्यक्रमअनुसार आजसम्म सबै राजनीतिक दललाई न्यायालयभित्रको विवादबारे ज्ञापनपत्र बुझाउनुपर्नेमा त्यो आजसम्म नगरिएकोमा गुनासो पोखे ।

उनले भने, ‘अहिले बारले प्रधानन्यायधीशको राजीानामा मागेको छ । हामीले सुरुमा विज्ञप्ति जारी गर्दा न्यायाधीशहरुलाई पद, प्रतिष्ठा, पदक दिने सरकारको कार्यशैलीको पनि घोर भत्सर्ना र निन्दा गर्छौं भनेका छौं । यसले अरुपनि तानिने स्थिति छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV