२९ कार्तिक २०७८, सोमबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणासँग असन्तुष्टि जनाउँदै आएका सर्वाेच्चका न्यायाधीशहरुको समूहबाट ५ न्यायाधीहरु छुट्टिएका छन् ।

५ न्यायाधीशले न्यायालयलाई बन्दी नगर्न भन्दै गोलाप्रथा प्रणाली लागू गेरर इजलासमा मुद्दाको सुनुवाइ थालनी गर्न भन्दा अन्य न्यायाधीशहरुले नमानेपछि छुट्टिनुपर्ने बाध्यता आएको हो ।

५ न्यायाधीहरुले आफूहरु भोलिदेखि असन्तुष्ट न्यायाधीहरुको छलफलमा उपस्थित नहुने भन्दै इजलासमा फर्कने बताएका छन् । छलफल बहिष्कार गरेकार उनीहरुले अदालतको बन्दी प्रत्यक्षीकरणको निवेदन सुन्ने बताएका छन् ।

छलफलमा नजाने न्यायाधीशहरुमा तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV