२९ कार्तिक २०७८, सोमबार
  • तारा आचार्य

विराटनगर । प्रदेश १ का सत्तारूढ गठबन्धनका पाँच वटै दलका सांसदहरूको संयुक्त बैठक बसेको छ। मुख्य मन्त्री राजेन्द्रराइको नेतृत्वको प्रदेश १ सरकारले कार्तिक ३० गते प्रदेश सभामा लिन लागेको विश्वासको मतको प्रस्तावलाई पारित गराउन रणनीतिक योजना बनाउने उद्देश्यले ५ दलीय गठबन्धनको विराटनगरमा बैठक बसेको छ हो ।

विराटनगरस्थित बिग होटलमा आयोजना गरिएको बैठकमा मुख्यमन्त्री राजेन्द्र कुमार राई सहित मन्त्रीहरु र पाँच वटै दलका संसदीय दलका नेता तथा सांसदहरुको सहभागिता रहेको छ ।

बैठकबारे जानकारी दिदै मुख्यमन्त्री राजेन्द्र कुमार राईले कार्तिक ३० गतेको प्रस्ताव बारे रणनीति बनाउनुका साथै अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई परिमार्जन गर्न सांसदहरुको सुझाव संकलन गर्ने बैठकको उद्देश्य रहेको बताउनु भयो । उहाँले सबै सांसदलाई विश्वासको मतको पक्षमा मत गर्त निर्देशन समेत दिइने बताउनु भयो ।

५ दलीय गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई नेतृत्वमा कार्तिक १६ गते प्रदेश १ मा सरकार गठन भएको थियो । सो गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा माओवादी केन्द्रको १४, नेकपा एकिकृत समाजवादीको १०, जनता समाजवादी पार्टीको ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको एक जना गरी ४९ जना सांसदहरु रहेका छन् ।

९२ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न ४७ जना सांसदहरु आवश्यक पर्दछ । विपक्षी दल नेकपा एमालेमा ४१ सांसद रहेका छन् भने एक जना फरार सांसद र एक जना सभामुख भएका कारण ३९ सांसद रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV