२९ कार्तिक २०७८, सोमबार

विराटनगर । प्रदेश नम्बर १ सरकारको गठबन्धनमा रहेकोे नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेश सभामा कात्तिक ३० गते मंगलबार हुने विश्वासको मत लिने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

विराटनगरस्थित प्रदेश सभा सचिवालयमा सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री राजेन्द्र कुमार राईले पेश गर्नुभएको विश्वासको मतमा मतदान गर्न ह्विपसमेत जारी गरिएको नेपाली कांग्रेस संसदीय दलका सचिव चुम नारायण तावेदारले जानकारी दिनुभयो ।

संसदीय दलका नेता राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने र पार्टीको तर्फबाट प्रदेश सरकारमा नियुक्त मंत्रीहरुलाई बधाइ दिने निर्णय भएको सचिव तावेदारले बताउनु भयो ।

संसदीय दलको बैठकमा २१ जना प्रदेश सांसदहरुको उपस्थिति रहेको थियो । विश्वासको मत लिएपछि आगामी दिनमा कसरी अगाडी जाने बारे छलफल गरीने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV