२९ कार्तिक २०७८, सोमबार
  • तारा आचार्य

विराटनगर । प्रदेश नं. १ को नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङले सोमवार विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण पछि प्रदेश प्रमुख खापुङले आफुले संविधान, प्रचलित कानुन र आचारसंहितालाई मानेर सबै राजनैतिक दल र प्रदेश मंत्रीपरिषद साथै नागरीक समाज संग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनु भयो । उहाँले प्रदेश प्रमुखको भूमिकामा कुनै आँच आउने कार्य नगर्ने आफ्नो दाइत्व निवार्ह गर्ने बताउनुभयो ।

उहाँले प्रदेशको विकाश निर्माण शान्ति सुव्यवस्था नेपाली जनताको समृद्धिको निम्ति सदैव तत्पर रहदै अगाडी बढ्ने बताउनुभयो ।

पदभार ग्रहण गर्ने क्रममा प्रदेश प्रमुख खापङुलाई नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV