२९ कार्तिक २०७८, सोमबार
  • तारा आचार्य

विराटनगर । खाद्य पदार्थमा हुने मिसावट रोक्न बजार अनुगमनलाई अझै प्रभावकारी बनाउनु पर्ने सरोकारवालाहरुले बताएका छन् ।

विराटनगरमा आयोजित खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रथम त्रैमासिक समिक्षा गोष्ठीमा सहभागिहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जस्ता अनुगमन तथा नियमन गर्ने कार्यालयहरुले जनशक्ति र साधन स्रोत अभाव भन्दै बजार अनुगमन गर्ने कार्यलाई घटाउन नहुने बताएका थिए ।

सहभागिहरुले कारवाही भन्दा पनि नियमन र अनुगमन गर्ने कार्य भन्दा पनि कारवाहीको दायरा बढाउदै लैजान आग्रह गरेका थिए । सो कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले प्रथम त्रैमासिकमा ६८ वटा खाद्य उद्योगको निरीक्षण र दुई वटा उद्योगहरु बालाजी डेरी उद्योग र एक्वा एक्टिभ वेभरेज विरुद्ध मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।सो कार्यक्रममा उपभोक्तावादी संघ संगठनका प्रतिनिधिहरु, उद्योगी व्यापारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV