२९ कार्तिक २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा देखिएको विवादबारे कडा आलोचना गरेका छन् ।

सोमबार धनकुटामा आयोजित कार्यक्रममलाई सम्बोध गर्दै ओलीले देशमा एमाले नभए कस्तो हुँदोरहेछ भनेर प्रश्न गर्दै न्यायालयमा देखिएको विवादबारे कडा आलोचना गरे ।

केही वकिलहरुको दादागिरीका कारण न्यायालय ठप्प भएको भन्दै सेवाग्राही बञ्चित हुनुपरेको उनको भनाइ थियो । जनताका समस्या नहेरी न्यायाधीशहरु आफ्नो स्वार्थमा लागेको उनले आरोप पनि लगाए ।

अध्यक्ष ओलीले भने, ‘एमाले अलिकति कमजोर भयो भने कस्तो हुँदोरहेछ देख्नुभो नि ! पाँच दलको गठबन्धनको कानुनी क्षेत्रको मारामार, कहिले लात्ति हानाहान, कहिले बन्द हड्ताल । अहिले सर्वोच्च अदालतका अगाडि लाठी चार्ज तथा मारामार, हानाहान, को–कोहोलो के गर्या हो त्यो ? अदालत हो कि के हो ? जनताका समस्या त्यतिकै छन्, न्यायाधीश मुद्दा हेर्दैनन् । जनताको मुद्दा हेर्दैनन् । आ–आफ्ना स्वार्थको दाउपेच । केही वकिलहरुको दादागिरी चलेको छ । हामीले जे भन्यो त्यही हुनुपर्छ ।’

LIVE TV