२९ कार्तिक २०७८, सोमबार

एजेन्सी । महिला टेनिस संघले देशका पूर्व उपप्रधानमन्त्रीमाथि सार्वजनिक रूपमा उत्पीडनको आरोप लगाउने चिनियाँ खेलाडी पेङ शुआइलाई बोल्ने मौका दिनुपर्ने र प्रतिबन्ध लगाउन नहुने बताएको छ ।

चीनको सामाजिक सञ्जाल वेइबोमा पोस्ट गर्दै पेङले आफूलाई पूर्व उपप्रधानमन्त्री झाङ गाओलीसंग जबरजस्ती यौनसम्बन्ध राख्ने गरेको आरोप लगाएकी छन् ।महिला टेनिस संघले पेङको मामलामा टिप्पणी गर्दै यो गम्भीर चिन्ताको विषय भएको बताएको छ।

संघले आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएको छ । यस विषयमा सेन्सरसिप बिना छानबिन हुनुपर्छ। ३५ वर्षीया पेङ विश्वको पूर्व नम्बर एक डबल्स खेलाडी हुन् जसको नाममा दुई ग्रान्डस्लाम उपाधि छ । उनले सन् २०१३ र २०१४ फ्रेन्च ओपनमा ताइवानका हसिह सु–वेईसंग विम्बल्डनको उपाधि जितेकी थिइन् ।

पेङले यस महिनाको सुरुमा आरोप लगाए तर तुरुन्तै इन्टरनेटबाट हटाइयो। चीनका वरिष्ठ राजनीतिक नेतामाथि यस्तो आरोप लागेको यो पहिलो पटक हो । ७५ वर्षीय झाङले आफूमाथि लागेको आरोपबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

उनले सन् २०१३ देखि २०१८ सम्म चीनको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी राष्ट्रपति सी चिनफिङका नजिकका सहयोगी हुन्। तर, पेङले आफूले लगाएको आरोपलाई समर्थन गर्ने प्रमाण दिन नसक्ने कुरा पनि स्वीकार गरिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV