२९ कार्तिक २०७८, सोमबार

काठमाडौं । चलचित्र ‘सत्यम्’ नायिका मलिका महतले छाडेपछि फेरि उपासना भित्रिएकी छन् ।

यो चलचित्रमा सुरुमा नायिका उपासना सिंह ठकुरीले काम गर्ने पक्का भएको थियो । तर, उपासनाले पढाइको कारण देखाउँदै चलचित्रमा काम नगर्ने भन्दै छोडेकी थिइन् ।

उपासनाले काम नगरेपछि मलिकाले काम गर्ने भएकी थिइन्। मलिकाले पनि अध्ययनका कारण देखाउँदै चलचित्रको वर्कसपमा सहभागी भइरहेको समयमा नै चलचित्र छाड्ने निर्णय गरिन् ।

निर्माणपक्षले मलिका बाहिरिएपछि फेरि नायिका उपासना सिंह ठकुरीलाई नै चलचित्रमा काम गर्न अनुरोध गरेको छ। निर्देशक शंकर कार्कीले अब भने चाँडै नै चलचित्रको छायांकन सुरु हुने जानकारी दिएका छन् ।

यस चलचित्ररेशम सापकोटाको निर्माण गर्नेछन् । यो चलचित्रमा राजेश हमाल, अनुपविक्रम शाही, उपासना सिंह ठकुरी, पल शाह, नीलम चन्द लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV