२९ कार्तिक २०७८, सोमबार
  • महेश्वर के.सी.

काठमाडाैँ । आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी । यस दिन भगवान् श्रीहरि (विष्णु) ब्युँझिने भएकाले हरिबोधिनी वा प्रबोधिनी र कतैकतै देवउठनी एकादशी पनि भनिन्छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका श्रहरि र देवताहरु हरिबोधिनी एकादशीका दिनमा उठ्ने विश्वास गरिन्छ ।

यस दिन काठमाडौँको बूढानीलकण्ठमा रहेको भगवान् विष्णुको तलाउमा सुतिरहेको मूर्तिमा पूजाआजा गर्ने श्रद्धादु भक्तजनको घुइँचो लागेको छ । आज विधिपूर्वक भगवान् श्रहरि जगाउने तथा देवताहरु जगाउने मन्त्रोच्चारण गरेर पूजाआजा गर्ने र तुलसीको विवाह समेत गरिदिने चलन छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV