
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पुरानो वेवसाइटमा समस्या आएको छ ।
वेवसाइटमा समस्या आएपछि लगानीकर्ताहरुले सेयर कारोबार लाइभ हेर्न सकिरहेका छैनन् । प्राविधिक कारणले वेवमा समस्या आएको नेप्सेले जनाएको छ ।
समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेकाले समस्या चाँडै समाधान गरेर लाइभ तथ्याङ्क हेर्न सकिने नेप्सेले जनाएको छ ।