२९ कार्तिक २०७८, सोमबार
  • वासु श्रेष्ठ

धादिङ्ग । सत्तारुढ गठबन्धनको प्रभाव स्थानीय विद्यालयहरुमा पनि देखा परेको छ । धादिङ्गकाे धुनिबेशी नगरपालिका वडा नं ७ खानिखोलामा रहेको मच्छिन्द्र माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको चयन गर्ने क्रममा नेपाली कांग्रेसको प्रस्ताव र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा शेखर कार्कीलाई विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष चयन गरेको हो ।

कात्तिक १६ गते बसेको अभिभावक भेलाले भन्दा पनि गैर-अभिभावक भेलाबाट भए पनि अध्यक्ष बनाउन दबाब दिएपछि २८ गते बोलाएको भेलाले सत्तारुढ गठबन्धन नेपाली कांग्रेस तर्फबाट शेखर कार्की, रन्जित पाठक, आकाश तामाङ्ग र माओवादी केन्द्र तर्फबाट किमाया मुग्राती, बलराम मिजार र लक्ष्मी कुँवर समितिमा रहेका छन् ।

पदेन सदस्य बाहेक दुई पार्टीले ३/३ वटा सदस्य भाग लगाएका थिए । शिक्षा नियमावलीमा अभिभावक भेलाबाट सर्वसम्मत भए सर्वसम्मत र नभए निर्वाचनबाट विद्यालय व्यवस्थापन समिति चयन गर्ने उल्लेख छ । तर यहाँ भने राजनैतिक दलको दबाबले मच्छिन्द्र माध्यमिक विद्यालयको अभिभावक भेला एउटा प्रक्रिया मात्र पूरा गरेकाे देखिन्छ ।

सो विद्यालयका एक स्वतन्त्र अभिभावकले पनि समितिको सदस्यमा दाबी गरेकाे तर विद्यालयले उक्त कुराकाे सुनुवाइ नगरी सत्ता गठबन्धनबाट आएको नामावलीलाई नै पारित गरेको बताए । समुदायक शिक्षा क्षेत्रमा हुने यस्ता किसिमको राजनीतिक हस्तक्षेपले विद्यार्थीहरुकाे  गुणस्तरीय शिक्षाकाे अधिकार र विद्यालयकाे उन्नतिमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV