
एजेन्सी । क्रोसिया फिफा विश्वकपमा छनोट भएको छ । गएराति भएको खेलमा रुसलाई १–० गोल अन्तरले पराजित गर्दै क्रोसिया आगमी वर्ष कतारमा हुने विश्वकपको लागि छनोट भएको हो ।
रुसलाई विश्वकपमा सोझै छनोट हुन बराबरीको नतिजा चाहिएको भएपनि पराजित हुँदा विश्वकपमा छनोट हुन असमर्थ बन्यो । पराजित रुसले विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने भएको छ । प्ले अफका खेलहरु मार्चमा हुनेछ ।
रुसमा डिफेन्डर फ्योडोर कुड्रशोभले ८१ औँ मिनेटमा आत्मघाति गोलगरेपछि क्रोसिया विश्वकपमा छनोट भयो ।
यो जितसँगै क्रोसिया समूह ‘ए’ मा १० खेलबाट २३ अंक जोड्यो । रुस १० खेलबाट २२ अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।