२९ कार्तिक २०७८, सोमबार

एजेन्सी । स्पेन फिफा विश्वकपमा छनोट भएको छ । गएराति भएको खेलमा स्वीडेनलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन कतारमा आयोजना हुने विश्वकपमा छनोट भएको हो ।

स्पेनलाई जित दिलाउनको लागि खेलको अन्त्यतिर वैकल्पिक फरवार्ड अल्भारो मोराटाले निर्णायक गोल गरे । पराजित स्वीडेनले भने विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने भएको छ । प्ले अफका खेलहरु मार्चमा हुनेछ ।

खेलको ८६औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई १-० को जित दिलाए । उनले ओल्मो पासमा गोल गरेका थिए । मोराटा ५९औं मिनेटमा पाब्लो सारावियाको स्थानमा मैदान छिरेका थिए ।

यो जितसँगै स्पेनले समूह ‘बी’ मा ८ खेलबाट १९ अंक जोड्यो । स्वीडेन १५ अंक जोडेर दोस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV