२९ कार्तिक २०७८, सोमबार

एजेन्सी । सर्विया पोर्तुगललाई पराजित गर्दै फिफा विश्वकपमा छनोट भएको छ । गएराति भएको खेलमा सर्वियाले पार्तुगललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्तुगलले भने प्ले अफको बाटोबाट विश्वकप छनोटका लागि खल्नेछ । प्ले अफका खेलहरु मार्चमा हुनेछ । पोर्तुगलललाई विश्वकपमा सोझै छनोट हुन बराबरीको नतिजा चाहिएको भएपनि पराजित हुँदा विश्वकपमा छनोट हुन असमर्थ बन्यो ।

सर्वियालाई जित दिलाउनको लागि डुसान टाडिक र एलेक्सानडर मित्रोभिकले गोल गरे । रेनाटो सान्चेजको गोल सान्त्वना बन्यो ।

खेलको दोस्रो मिनेटमै रेनाटो सन्चोले गोल गर्दै पोर्तुगललाई अग्रता दिलाएका थिए । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए ।तर, त्यो अग्रतालाई पोर्चुगलले अन्तिम समयसम्म जोगाउन सकेन ।

३३औं मिनेटमा डुसान टाडिकले गोल गर्दै खेल एक–एकको बराबरीमा ल्याए । यनले सासा लुकिकको पासमा गोल गरेका थिए ।
खेलको अन्त्यतिर ९०औं मिनेटमा एलेक्सान्डर मित्रोभिक गोल गर्दै सर्वियाको जित पक्का गर्दा पोर्तुगल घरमै स्तब्ध बन्न पुग्यो ।

समूह ‘ए’ मा सर्वियाले ८ खेलबाट २० अंक जोड्यो । पोर्चुगलले १७ अंक जोड्यो । यो समूहमा आयरल्यान्ड र लक्जेमवर्गले समान ९ अंक जोड्दा अजरवैजान १ अंक जोडेर पुछारमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV