२८ कार्तिक २०७८, आईतवार

एजेन्सी । भारतको दिल्लीपछि हरियाणाले पनि प्रदूषणका कारण विद्यालय बन्द गर्ने घोषणा गरेको

दिल्ली सरकारपछि हरियाणा सरकारले दिल्ली र आसपासका क्षेत्रमा भारी वायु प्रदूषणका कारण धेरै जिल्लाका विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

हरियाणाका गुरुग्राम, फरीदाबाद, सोनीपत, झज्जरका सरकारी विद्यालय नोभेम्बर १७ सम्म बन्द रहनेछन्।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार हरियाणाको फरीदाबाद जिल्लामा सबैभन्दा बढी ४०९ पीएम २.५ रेकर्ड गरिएको छ। यति मात्र होइन, पीएम १० को सङ्ख्या ५०० पुगेको छ ।

त्यहाँ सबै प्रकारका निर्माण कार्यमा रोक लगाइनेछ । नगरपालिकालाई पनि फोहोर फाल्न, पराल जलाउन प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV