२८ कार्तिक २०७८, आईतवार

गोरखा । जिल्लाको सिरानचोक गाउँपालिका–५ स्थित भालुमारामा नेपाली सेनाको रिपुमर्दन गणको ट्रक दुर्घटना भएको छ । भच्चेकमा तालिमको बन्दोबस्तीका समान पु¥याएर फर्कने क्रममा रिपुमर्दन गणको ट्रक भालुमारा सडकबाट ३० मिटर तल खसेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार भच्चेकबाट फर्कंदै गरेको लु१ग १३९ नम्बरको ट्रक ब्रेक फेल भएर सडकबाट खसेको हो । ट्रकको ब्रेक फेल भएपछि चालकले हाम्फालेर ज्यान जोगाएका बताइएको छ ।

उनका अनुसार सो ट्रकमा चालक मात्र सवार थिए । सडकबाट खसेको ट्रक झिक्ने प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV