
काठमाडौं । हैजाविरुद्धको साढे दुई लाख डोज खोप नेपालमा आइपुगेको छ ।
नेपालको हैजा प्रभावित क्षेत्रका लागि २ लाख ५२ हजार ३६३ डोज ‘ओरल कलेरा भ्याक्सिन’ कतार एयरलायन्सको विमानबाट आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खोप कपिलवस्तुका हैजा प्रभावित पाँच वटा नगरपालिकाका मानिसलाई लगाइने जनाइएको छ ।
विश्व स्वास्थ्य संगठन गाभी र युनिसेफको ुग्लोबल स्टल पाइलुमा रहेको यो खोप
युनिसेफको ुसप्लाई डिभिजन नेटवर्कु हुँदै नेपाल भित्रिएको छ।
खोप सनोफी हेल्थ केयर इन्डियाले बनाएको हो ।