२८ कार्तिक २०७८, आईतवार

काठमाडौं । आइतबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवानिवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल कडा रुपमा प्रस्तुत भए ।

देउवासँग सँधै असन्तुष्टको पोकोमात्र फुकाउने नेता पौडेलले बैठकमा महाधिवेशनकै सवालमा क्रियाशील सदस्यता बाँडफाँटको समस्या हल नभएको भन्दै सभापति देउवामाथि आक्रोश पोखे ।

पार्टी कार्यालय सानेपामा जिल्लाबाट आएकाहरुले अनसनमा बस्ने तर, आफूहरु भने भागेर बैठकमा बसेको भन्दै यसतर्फको समस्याको हल कहिले हुन्छ भन्दै सभापति देउवालाई पौडेलले प्रश्न गरे ।

‘रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनशन बसेका छन् । हामी भने यहाँ बैठकमा बसेका छौं । तपाईंकै जिल्ला डडेलधुराका मान्छे सानेपा बसेका छन् । मैले भनेर हुने होइन, तपाईंको जिल्लाको कुरा हो मैले छोएर हुने होइन,’ नेता पौडेलले भने, ‘अब, पार्टी कार्यालाय छोडेर हिँड्नु पर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने ? अनसन अन्त्य गर्ने कि नगर्ने ? अष्ट्रिचजसरी मुन्टो लुकाएर कति दिन हिँड्ने ?’

पौडेलको कुरामा हो माथि हो जनाउँदै बैठकमा नेता रामशरण महतले पनि मत जाहेर गरे । उनले क्रियाशील सदस्यतामा नक्कली मान्छे हालिएको भन्दै आपत्ति जनाए ।

 

LIVE TV