२८ कार्तिक २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रमका लागि अर्को छुट्टै विधान महाधिवेशन गर्ने भएको छ ।

आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले छुट्टै विधान महाधिवेशन गर्न केन्द्रीय समितिमा प्रस्ताव प्रस्तुत गरेको छ ।

कांग्रेसले १४ औं महाधिवेशनबाट नेतृत्वमात्र चयन गर्ने भएको छ । महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने भनिएको छ ।

यसैगरी २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भनिएको छ छ भने २५ र २६ गते नेतृत्व चयनका लागि मतदान हुने भनिएको छ ।

LIVE TV