२८ कार्तिक २०७८, आईतवार

काठमाडौं । नेपालका सुबान गुरुङले विश्व कोरियन एम्बासडर अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

सुबानले ११ वर्षमुनि उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

त्यस्तै १८–३५ वर्षको एकल पुम्सेतर्फ पुरुषमा कमल श्रेष्ठले रजत तथा महिलामा पार्वती गुरुङले कांस्य जिते । दुवै १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता हुन् ।

पुरुष ३६–५० वर्षको एकल पुम्सेमा मधुसुदन सापकोटा तथा महिला ११ वर्षमुनि एकल पुम्सेमा गुनमाया गुरुङले कांस्य हात पारे ।

केहि महिनाअघि सातदोबाटोमा भएको कोरियन एम्बासडर राष्ट्रिय पुम्से प्रतियोगितामा उत्कृष्ट घोषित भएका ११ खेलाडीले नेपालबाट प्रतिस्पर्धा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV