२८ कार्तिक २०७८, आईतवार

काठमाडौं । मोडल तथा नायिका मलिका महत चलचित्र ‘सत्यम्’बाट बाहिरिएकी छन् ।

यो चलचिको तिहार अगाडि वर्कसप भएको थियो । मलिकाले पढाइ सुरु भएको कारण देखाउँदै यो चलचित्र छाडेकी जनाइएको छ ।

वर्कसपमा अभिनेता राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, नायिका मलिका महत लगायत सहभागी भएका थिए ।

छायांकनको अन्तिम चरणमा रहेको बेलामा मलिकाले यो चलचित्र छाडेकी छन् ।
चलचित्रलाई निर्देशन भने निर्देशक शंकर कार्कीले गर्ने छन् ।

चलचित्रलाई रेशम सापकोटाले निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV