२८ कार्तिक २०७८, आईतवार

काठमाडौं । न्यायलयलाई सहज रुपमा सञ्चालन गर्न दिनुपर्ने भन्दै सर्वोच्च अदालत अगाडि युवाहरुले प्रदर्शन गरेका छन् ।

प्रधानन्यायधीशको राजीनामा माग गर्दै अदालतभित्र बारले आन्दोलन गरिरहेका बेला मोटरसाइकलमा आएका युवाहरुको एक समूहले प्रदर्शन गरेका हुन् ।

युवाहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गरेका थिए, भने न्याय बेच्‍न पाइँदैन लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । युवाहरुले अदालत अगाडि नै प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा केहीयुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसअघि राणाका पक्षमा प्रदर्शन गर्न पुगेका केही महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV