२८ कार्तिक २०७८, आईतवार

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विशेष विधान महाधिवेशनका क्रममा दुईपक्षबीच विवाद भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा दुईपक्षबीच विवाद भएपछि महाधिवेशन नै स्थगित भएको छ ।

१६ जिल्लाको कार्यसमिति विघटन गरेपछि असन्तुष्ट रहेका समूहले बिरोध जनाएका थिए । विवादका क्रममा तोडफोड हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहिलाई प्रहरीले पक्राउ गरेको छ ।

रेडक्रस सोसाइटी काठमाडौं अन्तर्गत गणबहाल उपशाखाका सभापति अमृतराज मानन्धरले रेडक्रसभित्र राजनीति हावी भएका कारण नै विवाद देखिएको बताए ।

सात प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्ला शाखा कार्यालय, स्थानीय तहमा १,५५४ उपशाखा कार्यालयहरु र ६,५३८ जुनियर तथा युवा सर्कलहरूको सांगठनिक स्वरूपबाट रेडक्रस क्रियाशील छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV