२८ कार्तिक २०७८, आईतवार

एजेन्सी । अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईको सर्भरबाट हजारौं नक्कली इमेल गएपछि साइबर आक्रमण हुनसक्ने आशङ्का गरिएको छ ।

उक्त घटना साइबर आक्रमण हुनसक्ने भन्दै अनुसन्धान थालिएको जानिएको छ ।
बीबीसीका अनुसार शनिवार बिहान आफ्नो सर्भरबाट इमेल जानुलाई ‘भइरहेको घटना’भने पनि त्यसबारे थप विवरण दिएको छैन।

उक्त इमेलहरू यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीबाट आएको जस्तो देखिने गरी पठाइएका थिए।

ती इमेलका विषय ‘अर्जेन्टः थ्रेट एक्टर इन सिस्टम्स’ रहेको बताइएको छ । ती एउटा सम्भावित जोखिमका बारेमा चेतावनीका रूपमा भएको दाबी गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV