२८ कार्तिक २०७८, आईतवार
  • बालविक्रम कार्की

रौतहट । गए राति रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको झुन्खुन्वामा कार दुर्घटनामा मृत्यु भएका चारै जना भारतीय नागरिक रहेका छन् । उनीहरु सबैकाे सनाखत भएको छ ।

मृत्यु हुनेमा भारत विहार राज्यको पुर्वी चम्पारण जिल्ला पताही थाना वेतौना गाँउमा घर भएका २८ वर्षिय अरुण साह, ३० वर्षिय दिनानाथ साह, २८ वर्षिय अमित महतोर २७ वर्षिय दिलिप महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार मृतकहरुको खल्तीमा रहेको भारतीय आधारकार्डबाट र उनीहरूको आफन्तहरुको सहयोगमा पहिचान खुलेको हो ।

ग‌ए राति १० बजे युके १२ सि २९०० नम्बरको कार अनियन्त्रित भएर सडकमा पल्टिएर सडक छेउमा रहेको खाडलमा डुबेको थियो । सो कार गौर-चन्द्रनिगाहपुर सडकखण्डको बम नहर र झुनखुनवा बीच सडकबाट सो कार करिब २० मिटर तल‌ पानीमा डुबेको थियो । कार सहित पानीमा डुबेका उनीहरू प्रहरीले उद्धार गरेर उपचारको जिल्ला अस्पताल गौर पुर्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

उनीहरू रौतहटको देवाही गोनाही नगरपालिका ४ मा रहेको आफन्तको घरमा छठको प्रसाद बाड्न आएका र आफन्तले राती नफर्कन आग्रह गर्दागर्दै अबेर राति आफ्नो घर भारत फर्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV